काठमाडौं- नेकपा एमालेले बनाएको कार्यदल ब्युँतिएको छ। पार्टीको एकताका लागि काम गर्न बनेको १० सदस्यीय कार्यदललाई पुन सक्रिय बनाइएको हो। अहिले कार्यदलको बैठक सिंहदरबारमा बसिरेहेको छ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजकसमेत रहेका भीम रावलले हिजो (आइतबार) मात्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। त्यसपछि रावलले आजै माधव नेपालसँग भेट्वार्ता गरेका थिए।