शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन कार्यक्रममै बत्ती गएपछि...

माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन कार्यक्रममै बत्ती गएपछि...

बालुवाटारबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रम थियो।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- बालुवाटारबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रम थियो। तामाकोशी जलविद्युत आयोजनास्थलबाट आयोजना प्रमुख, आयोजनाका इन्जिनियरहरु, स्थानीय निकायका प्रमुखहरु र स्थानीय बासिन्दाहरु दोलखाको आयोजनास्थलबाट बालुवाटारमा जोडिरहेका थिए। 

यता बालुवाटारमा आयोजनाको उद्घाटनका लागि बसेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा उर्जामन्त्री विष्णु प्रसाद पौडेल, नेपाल विद्युत प्राधिकरणका पमुखलगायतका प्रतिष्ठित मानिसहरु उपस्थित थिए।

तर जब आयोजनाको उद्घाटन गर्ने समय आयो सो समयमा बत्ती गयो। केही समय बत्ती आउँदै र जाँदै गर्‍यो । बत्ती नआएपछि नेपाल टेलिभिजनले गरिरहेको लाइभ रोकेर कोभिडबाट बच्नका लागि के के खाने भनेर रेकर्ड गरिएको भिडियोसमेत बजाएको थियो। 

कार्यक्रममा केहीबेर बत्ती गएपछि प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने, ‘उर्जाकै उद्घाटन कार्यक्रममा उर्जाकै गढबडी?’ माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रम छ, ‘मेरो दाहिनेतिर उर्जा मन्त्री हुनुहुन्छ भने देव्रेतिर उर्जा सचिव, मेरोअगाडि नेपाल विद्युत प्राधिकरणका एमडी तथा वरिष्ठ प्राविधिक हुनुहुन्छ वरिपरि धेरै प्राविधिकहरु हुनुहुन्छ तर उद्घाटन कार्यक्रममा नै बत्ती गयो यस्तो किन भयो?’ 

केही समय लगाएर प्राविधिकले बत्ति बनाएपनि प्रधानमन्त्री ओलीले आफू स्वीट्जरल्याण्ड भ्रमणमा जाँदाको समयमा भएको घटना स्मरण गर्न भ्याए। उनले भने, ‘म एकपटक स्वीट्जरल्यान्डको एक मिटिङमा गएको थिए। त्यहाँ स्वीट्जरल्यान्डको सभामुखले बैठकको अध्यक्षता गरेकी थिइन्। एक्कासी ३० सेकेन्ड बत्ती गएपछि ती सभामुखले भनेकी थिइन्, ‘यो स्वीजरल्यान्डको गल्ती होइन। हामीले अन्य देशबाट यो प्रविधि हायर गरेका थियौँ त्यसैले प्राविधिक समस्या भयो। अव स्वीट्जरल्यान्डकै प्रविधि प्रयोग गरेपछि यसरी बत्ती जाँदैन।’

प्रधानमन्त्री ओलीले अप्रत्यक्ष रुपमा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई तिमीहरु असक्षम भयौ भनेका थिए। तर सबै उनको कहानी सुनेर मुस्कुराइरहेका थिए। उनले पावरको सन्तुलनमा गडबडी भएका कारण बत्ती जाने आउने भइरहेको हुन सक्ने उद्घाटन कार्यक्रममा नै अन्दाज गर्न भ्याए। 

उनले सो कार्यक्रममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनेपछि जनतालाई सस्तोमा विद्युत उपलव्ध गराउने पनि जानकारी दिए। उनले भने, ‘यो राष्ट्रिय लाभको विषय भएकोले हामी सबैले उचित लाभ लिनुपर्छ।’ 

प्रकाशित: Jul 05, 2021| 13:27 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।