सोमबार, असार २९, २०८३

विश्वकप : उरुग्वे र रुस अन्तिम १६ मा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- साउदी अरेबियालाई पराजित गर्दै उरुग्वेले विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वेले बुधबार राती साउदी अरेबियालाई पन्छाउँदै ६ जोडेर नकआउट चरणमा पुगेको हो । 

समुह ए बाट उरुग्वेसंगै आयोजक राष्ट्र रुस पनि अन्तिम १६ मा पुगेको छ । दुबै देशको समान ६ अंक छ । रुसले पहिलो खेलमा साउदीलाई हरायो भने दोस्रो खेलमा इजिप्टलाई पराजित गरेको थियो ।

समुह ए मा रहेका इजिप्ट र साउदी अरेबिया हालसम्म अंक विहिन छन् । यी दुबै देश समुहचरणबाटै बाहिरीएका छन् । 

यद्यपी समूह चरणको अन्तिम खेल भने चारै राष्ट्रले खेल्न बाँकी छ । उरुग्वे र आयोजक रसियाबीचको अन्तिम खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

बुधबार राती भएको खेलमा साउदीलाई उरुग्वेले १–० गोल पराजित गरेको हो । खेलको २३ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णयक बन्यो । 

खेलमा राम्रो प्रदर्शन गरेपनि साउदीले कुनै गोल गर्न सकेन । खेलमा दुबै टिमले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।