शनिबार, भदौ ६, २०८३

यी ८ जिल्ला जहाँ ५०० भन्दा बढी सक्रिय संक्रमित छन्

नेपालमा अझै पनि आठ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- नेपालमा अझै पनि आठ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रतिमको संख्यामा केही कमी आएको भए पनि विभिन्न ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको र अझै उच्च जोखिममा रहेको छ। 

प्रदेश १ का ३ जिल्ला मोरङ, सुनसरी र झापा तथा बागमती प्रदेशका ४ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा ५०० भन्दा धेरै संक्रमित सक्रिय छन्। गण्डकी प्रदेशको भने कास्कीमा मात्रै ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्थयांक छ।

त्यस्तै २३ वटा जिल्लामा २०० बढी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयको तथ्यांक छ। यसभन्दा अघि ३७ जिल्लाभन्दा बढीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका थिए । अहिले भने सो संख्या घटेर ८ जिल्लामा आएको हो।

प्रकाशित: Jul 05, 2021| 11:44 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।