काठमाडौं– नेपाली कांग्रेसले पूर्वी चितवनमा भएको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ। पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको छ।
घरबाट साथीकहाँ जान निस्किएकी सुजिताको ९ दिनपछि आइतबार जंगलमा शव भेटिएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ।’
उनले सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पूर्वी चितवनको घटनाको गहिराइसम्म पुगेर अनुसन्धान गर्न माग गरिरहँदा नेपाली कांग्रेस यो प्रश्नमा पनि सबैको ध्यानाकर्षण गराउँदछ।’