काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन्।
७ हजार ४९९ जनाको पीसीआर र ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ।
हालसम्म ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जना संक्रमतिको मृत्यु भएको छ।