शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिँदैन'

'निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिँदैन'

अधिवक्ता कोमलप्रसाद घिमिरेले बहुदलीय व्यवस्थामा कुन व्यक्ति कताबाट आयो भन्ने कुराले माने नराख्ने तर्क गरेका छन्। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- अधिवक्ता कोमलप्रसाद घिमिरेले बहुदलीय व्यवस्थामा कुन व्यक्ति कताबाट आयो भन्ने कुराले माने नराख्ने तर्क गरेका छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा एमिकस क्युरीको तर्फबाट राय व्यक्त गर्दै उनले भने, ‘निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिने हुँदैन। 

जनता नै सार्वभौम हो। मन्त्रिपरिषद् र प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा धारा ७४ मा प्रतिनिधिसभा सदस्य सबै जनताका प्रतिनिधि सार्वभौम हुन् भनिएको छ।’ 

जनताले विश्वास नगरे प्रधानमन्त्री एक मिनेट पनि नरहने उनले बताए। ‘धारा ७६ (१)अनुसार प्रतिनिधिसभामा १३८ ल्यायो भने प्रम हुन्छ। दललाई जनताले १३८ सिट दिएर पठाएको नेता नियुक्त हुन्छ। चार वटा ढोका जनताले दिए सरकार बनाउन। उपधारा २ मा जनताले मत दिएका दुई वा दुई भन्दा दलबाट बन्ने हो। विश्वासको मत लिनुपर्छ। मत नपाएपछि बस्न मिल्दैन। उपधारा ३ अनुसार ठूलो दलको नेता प्रम बन्ने होे। त्यहाँ पनि विश्वासको मत लिनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री केपी ओलीलाई मेरो विकल्प म नै हो भन्ने लागे पनि वास्तवमा विकल्प भनेको अर्को भएको उनले बताए। ‘राष्ट्रपतिलाई के लाग्यो भन्दा ओलीले दाबी गर्नुहुन्छ, अर्को पक्षलाई २१ घण्टा दिएको ठिक थियो। एउटा पक्षमात्रै आउँछ भन्ने सोचेर गर्नुभयो, त्यो ठिक छ। ७ गते ५ बजेसम्मको समय दिइएको थियो। तर दुबै दाबी आयो। समय नाघिसकेपछि, कानुन, आफ्नै आह्वानले पनि नचिन्ने अवस्थामा उजुरी आएको पत्रमा जुन निर्णय गरियो, त्यसले विवाद ल्यायो।’

ओलीले चिठ्ठीमात्रै लेखेको तर दलको निर्णय नभएकोले समस्या आएको उनले बताए। संसदमा विश्वास गुमाएका प्रधानमन्त्रीले फेरि दाबी गर्नै नमिल्ने तर्क उनले गरे।
 

प्रकाशित: Jul 05, 2021| 10:52 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।