शनिबार, भदौ ६, २०८३

उडान संख्या थप्न वायु सेवा सञ्चालकहरुको माग

वायु सेवा सञ्चालकको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकार समक्ष माग गरेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- वायु सेवा सञ्चालकको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकार समक्ष माग गरेको छ।

हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान संख्या घट्नेबित्तिकै निषेध आदेशअगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले संघले विज्ञप्तिमार्फत् उडान संख्या थप्न माग गरेको छ।

‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौं। सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान सङ्ख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पुर्‍याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै संघले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।

हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ।

स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको संघले जनाएको छ। रासस

प्रकाशित: Jul 04, 2021| 15:15 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।