शुक्रबार, असोज १६, २०८३

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट दुई स्रष्टा पुरस्कृत 

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट २ जना स्रष्टा पुरस्कृत भएका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

जनकपुरधाम- नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट २ जना स्रष्टा पुरस्कृत भएका छन्। 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको एक समारोहबीच २ स्रष्टालाई पुरस्कृत गरिएको हो। पुरस्कृत हुनेमा वरिष्ठ रंगकर्मी सुनील मिश्र र गायक वंशीधर मण्डल छन्। दुवै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत गरे।

एक लाख नगद तथा प्रमाणपत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना स्रष्ठामध्ये मण्डल र मिश्र प्रदेश २ का स्थानीय हुन्। उक्त अवसरमा मैथिली रंगमञ्चका पहिलो महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगदसहित सम्मान गरिएको थियो। 

समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरु सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत गराए। 

प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्शीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Jul 04, 2021| 13:58 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।