झापा- झापा प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला याङ्वरक गाउँपालिका-२ का ३६ वर्षीय नरेन्द्र तिम्सिना छन्।
उच्च अदालत विराटनगरको इलाम इजलासले उनलाई १५ दिन कैद र ३४ लाख जरिवाना गर्ने फैसला गरेको छ। यस्तै पीडित राहत कोषमा १ लाख ३६ हजार दाखिला गर्न आदेश गरेको थियो।
उनलाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले ताप्लेजुङ जिल्लाबाट आइतबार पक्राउ गरेको हो।
उनलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।