शनिबार, भदौ ६, २०८३

जनकपुरमा ओलीको पक्षमा र्‍याली

राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्‍याली निकालेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

जनकपुरधाम- राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्‍याली निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशैभर प्रदर्शन हुँदै आइरहेकोमा युवा संघले जनकपुरधाममा समर्थनमा प्रदर्शन गरेको हो। 

ओलीको पक्षमा नारालगाएका उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्व नाराबाजी गर्दै स्थानीय जनकचोकमा नेतात्रयको पुत्लासमेत जलाएका थिए।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जानी खान, दिनेश सिंह, उज्जवल अग्रवाल, राजु गुप्तासहित सहभागी थिए।

विपक्षी पाँच दलका युवाहरुले आइतबार साँझ मशाल जुलुस निकाल्ने तयारी गरिरहँदा युवा संघ नेपालले विरोध प्रदर्शन गरेको बताइएको छ।

प्रकाशित: Jul 04, 2021| 13:00 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।