काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना परीक्षण घटेसँगै संक्रमितको संख्या पनि केही दिनयताकै न्यून देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको पीसीआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५५२ जना कोरोनामुक्त भएका छन्। यस्तै यो अवधिमा २७ जना संक्रमणमुक्त भएका छन्।