शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनसुनबाट प्रभावितलाई अस्थायी बसोबासका लागि ५० हजार रुपैयाँ दिइने

मनसुनबाट प्रभावितलाई अस्थायी बसोबासका लागि ५० हजार रुपैयाँ दिइने

सरकारले मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका उपलब्ध गराउने भएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- सरकारले मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका उपलब्ध गराउने भएको छ।

गृहमन्त्री विष्णु पौडेलले आइतबार राष्ट्रियसभाको बैठकमा उक्त जानकारी गराएका हुन्। ‘यस वर्षको मनसुनजन्य विपद्बाट असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५७२ घरपरिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि प्रतिपरिवार ५० हजारको दरले उपलब्ध गराइने छ।’ उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका पौडेलले भने, ‘त्यसका लागि २ करोड ८६ लाख रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ।’

घरबास गुमाएका परिवारहरुलाई उपलब्ध गराइने उक्त सहयोगलाई निरन्तरता दिइने उनले बताए। यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् (मनसुनजन्य) प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि,२०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलको भनाइ छ।

उनका अनुसार मनसुनजन्य विपद्बाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङलगायतका विभिन्न ८ जिल्लाहरूमा ८३४ थान टेण्ट वितरण गरिएको छ। त्यस्तै २०५६ थान त्रिपाल र १९४ थान स्लीपिङ्ग ब्यागलगायतका राहत सामाग्री मन्त्रालयको समन्वयमा वितरण गरिएको मन्त्री पौडेलले जानकारी दिए।

उक्त राहत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइएको र जिल्ला विपद् व्यवस्थापन समितिहरुले स्थानीय तह र अन्य संघ, संस्थासँग समन्वय गरी प्रभावितहरूलाई राहतको प्रबन्ध गरिरहेको पौडेलले बताए।

प्रकाशित: Jul 04, 2021| 11:15 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।