शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : माओवादीद्वारा प्रदेशसभा बैठकमा निरन्तर अवरोध

प्रदेश १ : माओवादीद्वारा प्रदेशसभा बैठकमा निरन्तर अवरोध

प्रदेश १ सभाको बैठक आइतबार तेस्रोपटक पनि अवरुद्ध भएको छ। माओवादी केन्द्रको अवरोधका कारण आइतबार पनि बैठक बस्न सकेन।  
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

विराटनगर- प्रदेश १ सभाको बैठक आइतबार तेस्रोपटक पनि अवरुद्ध भएको छ। माओवादी केन्द्रको अवरोधका कारण आइतबार पनि बैठक बस्न सकेन।  

प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै माओवादी सांसदहरुले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरिन्। 

आइतबारको बैठकअघि प्रदेशसभा सचिवालयमा आयोजित छलफल निष्कर्षविहीन भएको थियो। बैठकमा सहभागीहरुले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका छन्। 

मुख्यमन्त्री शेरधन राईले सांसदले उत्तेजित बनाएपछि मन्त्रीले त्यसरी बोलेको भन्दै दुवै जनाको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने बताएका थिए। मुख्यमन्त्रीको भनाइ माओवादीले अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको थियो।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काविरुद्ध व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नुपर्ने माग माओवादीले गर्दै आएको छ।

प्रकाशित: Jul 04, 2021| 10:32 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।