रुस - रुससँग ५-० गोलले पराजित साउदी अरेबियाले बुधबार इजिप्टसँग ०-१ गोलले विजयी उरुग्वेसँग भिड्ने भएको छ । रोस्टोभ ऐरेनामा नेपाली समय अनुसार ८ ः ४५ दुई टिमबीच प्रतिस्पर्धा शुरु हुने भएको छ ।
उरुग्वे
१३ औं पटक विश्वकपमा सहभागी भएको उरुग्वेलाई बलियो टिम मानिन्छ । सन् १९३० मा पहिलो पटक विश्वकपको आयोजना गरेको उरुग्वे नै विश्वकपको ट्रफि उचाल्ने पहिलो राष्ट्र हो । अहिलेसम्म फिफा विश्वकपमा दुई पटक विश्वकपको उपाधि जितेको छ ।
पहिलो विश्वकपको उपाधि सन् १९३० मा अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गर्दै उरुग्वेले जितेको थियो । १९५० मा ब्राजीलमा भएको चौंथौ विश्वककपमा आयोजक ब्राजीललाई २–१ गोलअन्तरले पराजित गर्दे उपाधि जितेको हो ।
उरूवेले विश्वकपमै पनि इजिप्टसँग पहिलो चरणमा १– ० ले जीत हासिल गरेको छ । नकआउटमा बलियो स्थान बनाउनको लागि उरूग्वेले आजको खेलमा पनि अग्रता हासिल गर्नु पर्नेछ । लुइस स्वारेज, इडसन काभानी र डिएगो फोर्लानजस्ता स्टार खेलाडी रहेको यस टिमले गत विश्वकपमा अमेरिका कप जितेको छ ।
विश्वकपका लागि उरुग्वेको टिम
गोलकिपर्स : मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा ।
डिफेन्डर्स : फेडरिको रिक्का, गुइलेर्मो भारेला, ग्यासटन सिल्भा, सेकास्टिएन कोएटस, जोस मरिया गिमनिज, मार्टिन कासिरेस, डिएगो गोडिन, म्याक्सि पेरिरा,
मिडफिल्डर्स : जियोर्जियन डि एर्रास्काएटा, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, रोड्रिगो बेनटान्कुर, कार्लोस सान्चेज, जोनथान उरेटाविस्काया, लुकास टोरेइरा, क्रिस्टियन रोड्रिगुएज ।
फवाडर्स : इडिन्सन काभनी, लुइस स्वारेज, क्रिस्थिएन स्टुएनी, म्याक्सी गोमेज ।
साउदी अरबिया
रूससँग ५–० को फराकिलो अन्तरले हारेको साउदी अरबिया आज उरूग्वेको सामना गर्दैछ । समूह चरणको पहिलो खेलमा उरूग्वेले इजिप्टलाई १ – ० ले हराएको थियो । उपधिको दाबेदार मानिएको उरूग्वेको सामना साउदी अरबियाले गर्न सक्छ वा सक्दैन यो ठूलो चुनौती रहेको छ ।
साउदी अरबियालार्य नकआउट चरणमा पुग्नको लागि आजको खेल महत्वपूर्ण रहेको छ । अहिलेसम्म साउदी अरबिया सन् १९९४ मा दोस्रो चरणमा पुगेपछिका खेलमा कुनै प्रगती गर्न सकेको छैन ।
साउदीका मोहमद एल सलावी प्रमुख खेलाडीको मानिएको छन् । आजको खेलमा उनको भूमिकाले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
विश्वकपका लागि साउदी अरबियाको टिम
गोलकिपर्स : असाफ एल कआर्नी, मोहमद एल आइस, यासेर एल मुसाइलिम, अब्दुल्ला एल मयुफ ।
डिफेन्डर्स : मन्सुर एल हार्भी, यासेर एल साहरानी, मोहमद एल ब्रिइक, साइड एल मोवालड्, मोटाज हसावी, ओसामा हसअ, ओमर हसावी, मोहमद जफाली, अलि एल बुलाइहि ।
मिडफिल्डर्स : अब्दुल्लाह एल खइबरी, अब्दुलमलेक अल्खाइवरी, अब्दुल्लाह ओताइफ, तैशिर एलजासिम, हुसैन एल मोगावी, सल्मान एल फराज, नवाज एल अबेद, मोहमेद कान्नो, हटन बहिब्री, मोहमद एल क्विकवी, सलिम एल डसारी, यह्या एल सिह्री ।
फवाडर्स : फहाड एल मुवाल्लाड, मोहमद एल सलावी, मुहन्नाड अस्सिरी ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४