काठमाडौं– जातीय विभेदमा परेकी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
आफूलाई कोठा भाडामा नदिने घरबेटी, ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाउन पुगेका मन्त्री कृष्णगोपाल श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर उनले सर्वोच्चमा रिट दायर गरेकी हुन्।
विपक्षी सबैलाई जातीय छुवाछूतको कसुरमा कारवाही गर्नुपर्ने माग उनको छ।
यस्तो छ रुपाले दर्ता गराएको रिट