शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'केपी ओलीले विद्या भण्डारीको काँधमा बन्दुक राखेर पड्काए'

'केपी ओलीले विद्या भण्डारीको काँधमा बन्दुक राखेर पड्काए'

अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको काँधमा राखेर प्रधानमन्त्री केपी ओलीले बन्दुक पड्काएको टिप्पणी गरेका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको काँधमा राखेर प्रधानमन्त्री केपी ओलीले बन्दुक पड्काएको टिप्पणी गरेका छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी भइरहेको बहसमा रिट निवेदकको तर्फबाट जवाफी बहस गर्दै उनले भने, ‘न प्रधानमन्त्रीबाट राजीनामा दिनुहुन्छ न दलको नेताबाट छोड्नुहुन्छ। संवैधानिक नैतिकता भन्ने पनि हुन्छ नि। उहाँले विश्वासको मत आफू पाउँदिनँ पनि भन्ने अनि बाँकी प्रक्रियामा पनि आफैं अगाडि बढ्ने? एमालेभित्र उहाँको बहुमत छ त्यसैले दलको नेता पनि नछाड्ने। राष्ट्रपति पनि संविधान र कानुनविपरीत जाने,’ उनले भने। 

भोटिङ गर्ने बेलामात्रै दलका सांसदलाई ह्विप लाग्ने तर्क गर्दै उनले म संविधानको पक्षमा उभिन्छु भनेर सांसदले भन्न पाउने जिकिर गरे।

‘दलीय व्यवस्थामा नै विश्वास गर्ने हो तर अन्तिम अवस्था आयो भने संविधान र प्रतिनिधिसभा बचाउनका लागि नै ७६ (५) को व्यवस्था राखिएको हो। उहाँ प्रधानमन्त्री अहिले नैतिकताको कुरो गर्नुहुन्छ, संवैधानिक नैतिकता भएको भए त ७६ (३) अनुसार आफ्नो दलको कुनै सांसदलाई प्रधानमन्त्री बनाउन सक्नुपर्ने थियोे नि। यहाँ त तानाशाही प्रवृत्ति देखिएको छ। केपी ओलीले राष्ट्रपतिको काँधमा बन्दुक राखेर पड्काउने काम गरे। पुस ५ मा आफैंले पड्काए। त्यो बेला श्री ५ भन्दा बढी अधिकार र ठूलो रहेको भन्ने दम्भ देखियो,’ उनले भने।

प्रकाशित: Jul 04, 2021| 10:11 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।