काठमाडौं- विश्वकप अर्न्तगत रुसको मोर्डोभिया स्टेडियममा जारी मोरक्को र पोर्चुगलको पहिलो खेलमा पोर्चुगलका खेलाडी क्रियाष्टियानो रोनाल्डोले पहिलो गोल गरेका छन् ।
खेलको ४ मिनेटमा रोनाल्डेले मउन्टिनोले दिएको पास ६ यार्डबाहिर हेड गर्दै गोल गर्न सफल भएका हुन् । विश्वकप २०१८ मा यो उनको चौंथो गोल हो । यसअघि रोनाल्डो एक्लैले तीन गोल गर्दै स्पेनलार्इ ३-३ को बराबरीमा रोक्न सफल भएका थिए ।
अहिलेसम्म फाइनलमा पुग्न असफल र्पोचुगल यसपटक भने विश्वकपमा बलियो दाबेदार राष्ट्रको रुपमा उदाएको छ ।
फिफा र्याङकिङमा ४१ औं स्थानमा रहेको मारोक्कोका लागि यसपाली र्पाचुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टाउको दुखाई बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४