शनिबार, भदौ ६, २०८३

'सरकार गठनको विकल्प भनेको एमालेभित्र हो कि अरु दलको?'

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।

आज आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन्। वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले संविधानको धारा ७६ (५) आफैंमा विशिष्ट व्यवस्था भएको बताए। उनले भने, ‘संविधानले नै ७६ (५) मा सरकार बनाउन सहज बनाउने गरी यो व्यवस्था राखिएको हो।’

विश्वासको मत प्राप्त गर्न नसकेमा राजीनामा दिनुपर्ने व्यवस्था हुँदा पनि त्यसो नगरिएको भन्दै उनले आपत्ति जनाए। ‘वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै पनि संसद् विघटन गरियो,’ उनले भने।

वरिष्ठ अधिवक्ता न्यौपानेलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकार गठनको विकल्प भनेको के हो भनेर प्रश्न गरेका थिए। उनले वैकल्पिक सरकार गठनको अवस्था रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन भनिएको भन्दै सोधे– वैकल्पिक सरकार गठनको अवस्था रहँदा,  हुँदासम्म विघटन हुँदैन भनियो। यो एमाले भित्रको विकल्प हो कि अरु दलको?

प्रधानन्यायाधीश राणाले अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्न नेकपा एमालेका २३ जनाले हस्ताक्षर गरेको भन्दै यो प्रक्रियाले वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ? भनेर प्रश्न गरेका थिए।

प्रकाशित: Jul 04, 2021| 07:44 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।