शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको प्रश्न: बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन?

प्रधानन्यायाधीशको प्रश्न: बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहुमत पुगेछ भनेर अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। 

सभामुखको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन्।

‘१४६ सांसद अदालत आउनु भएको छ। अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गर्दिनु संवैधानिक हुन्छ? ७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले?,’  प्रधानन्यायाधीशले इजलासमा बहसमा रहेका पोखरेललाई सोधे। त्यसको जवाफमा अधिवक्ता पोखरेलले अदालतले नियुक्ति भन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताएका छन्।

प्रकाशित: Jul 04, 2021| 06:56 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।