शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय नागरिक मृत्युको कारण खोज्दै प्रहरी, तालिमप्राप्त कुकुर परिचालन

भारतीय नागरिक मृत्युको कारण खोज्दै प्रहरी, तालिमप्राप्त कुकुर परिचालन

ललितपुरको सानेपामा मृत भेटिएको पुरुषको हत्या भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- ललितपुरको सानेपामा मृत भेटिएको पुरुषको हत्या भएको प्रहरीले जनाएको छ। गुसीटोलमा आइतबार बिहान भेटिएको शव भारतको राजस्थानका ५९ वर्षीय सत्यनारयण तारिकको भएको प्रहरीले जनाएको छ।

'घटनाको प्रकृतिले हत्या भएको देखाउँछ। हम्मरले टाउकोमा हानेको र चार/पाँच ठाउँमा चोटसमेत लागेको अवस्थामा शव फेला परेको छ। कोठाको दराज तोडफोड भएको छ। र, बिस्तारामा रगत भेटिएको छ', महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले भने।

उनी दुई कोठा भाडामा लिएर बसेका थिए। एक महिलालाई खाना पकाउन राखेका थिए। खाना पकाउन आएकी महिलाले शनिबार बिहान ढोका खोल्न भन्दा नखोलेको र आज बिहान पनि ढोका खोल्न भन्दा नखोलेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले ढोका फोडेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।

तारिक दुई वर्षदेखि न्यूरोडस्थित एट्नान्टिक कम्युटर प्रालिमा सेल्स म्यानेजरको रुपमा कार्यरत थिए।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ। 

प्रकाशित: Jul 04, 2021| 06:46 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।