शनिबार, भदौ ६, २०८३

पर्वतका एक पुरुष ६ दिनदेखि बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कका एक पुरुष विगत ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

पर्वत- पर्वतको कुश्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कका एक पुरुष विगत ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो। भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। 

बिहान करिब ८ बजेतिर घरबाट निस्किएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए। 

‘१५ गते बिहान घरबाट निस्कनुभएको रहेछ। झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन,’ उनले भने, ‘छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ। घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ।’

कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनी कता गए भन्ने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएको बताए। लगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको उनको भनाइ छ।

प्रकाशित: Jul 04, 2021| 05:16 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।