शनिबार, भदौ ६, २०८३

काठमाडौं उपत्यकाभित्र निषेध आदेश एक साता थपिने

काठमाडौं उपत्यकामा जारी निषेश आदेश एक साता थपिने भएको छ। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेश आदेश एक साता थपिने भएको छ। 

पछिल्लो पटक थप गरिएको निषेध आदेश सोमबार सकिँदै छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेध आदेशबारे निर्णय गर्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

उनले आज बेलुकी वा भोली बिहान तीनै जिल्लाका सीडीओहरूको बैठक बसेर निषेध आदेशको मोडालिटी बारे छलफल हुने जानकारी दिए। 

सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

अवस्थाको मूल्याङ्क गरेर अब कुन-कुन क्षेत्र खुला गर्ने वा अहिलेकै मोडालिटीलाई अगाडि बढाउने भन्ने विषयमा छलफल हुने पराजुलीले बताए।

प्रकाशित: Jul 04, 2021| 03:20 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।