शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकता नदिएको गुनासो

सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकता नदिएको गुनासो

'कोभिडपछिको समस्यामा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदैछ। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- 'कोभिडपछिको समस्यामा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदैछ। 

सरकारले २०५९ साल असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवा विद्याअन्तर्गत राखि राष्ट्रिय चिकित्सिा पद्धतिको मान्यता प्रदान गरेको थियो। सोही दिनलाई नेपालमा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाइँदै आएको छ। 

यद्यपी सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकता नदिएको योग तथा प्राकृतिक चिकित्सकहरूले गुनासो गरेका छन्। 

कोरोना संक्रमितको उपचार र कोरोना निको भइसकेपछि देखिने विभिन्न समस्या समाधानका लागि योग तथा प्राकृति चिकित्सा प्रभावकारी देखिएको योग तथा राष्ट्रिय चिकित्सा संघको दाबी छ। 

योग तथा प्राकृतिक चिकित्सा र प्राकृतिक जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता बढाउने र मोटोपन, मधुमेह, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला आदि रोगहरूको व्यवस्थापन गर्न सकिने संघले जनाएको छ। नेपालमा हाल ६० देखि ८० जना योग तथा प्राकृतिक चिकित्सक नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता रहेको संघले जनाएको छ।

प्रकाशित: Jul 04, 2021| 02:25 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।