शनिबार, भदौ ६, २०८३

मनाङमा प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ

प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

मनाङ- प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले  उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित  पक्राउ गरेको जानकारी दिए। सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ। उनीहरुले नार्पाभूमिको नार गाउँका  कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उनको भनाइ छ। 

बरामद गरिएको वन लसुन  नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने  तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। 

उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा संकलन सकिएपछि जेठ असारमा संकलन गरिन्छ। लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ। 

प्रकाशित: Jul 04, 2021| 01:00 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।