धनगढी- कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा १५ वर्षीय सागर परियार रहेको प्रहरीले जनाएको छ।
धनगढी उप–महानगरपालिका–१८ फुलवारी ‘एफ’ गाउँमा मामाको घरमा बस्दै आएका सागर शनिबार दिउँसो साथीहरुसँग मोहना नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
नदीमा बेपत्ता भएपछि सँगै गएका साथीले स्थानीयलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो। नदी किनारामा उनको शव भेटिएको थियो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।