शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाको महाधिवेशन कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

राप्रपाको महाधिवेशन कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

बैठकले वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। यस्तै सोही मितिसम्म सक्रिय सदस्यता वितरण गर्नेसमेत निर्णय भएको राप्रपाले जानकारी दिएको छ। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २७ गतेदेखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने भएको छ। शनिबार अध्यक्षत्रयको उपस्थिति काठमाडौंमा सम्पन्न बैठकले पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। यस्तै सोही मितिसम्म सक्रिय सदस्यता वितरण गर्नेसमेत निर्णय भएको राप्रपाले जानकारी दिएको छ। 

सक्रिय सदस्यको अन्तिम सूची २०७८ असोज ७ गतेसम्म निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने छ। यसपछि प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन २०७८ असोज २० गतेसम्ममा सकिने छ। यस्तै प्रदेश कार्य समितिको निर्वाचन २०७८ असोज १५ गतेसम्म हुने बैठकको निर्णय छ। 

योसहित बैठकले ६ बुँदे निर्णय गरेको छ। यी हुन् बैठकका निर्णय

१. देशको हाल विद्यमान अराजक र तरल राजनैतिक अवस्थाप्रति राप्रपा गम्भिर चिन्ता प्रकट गर्दछ। एकातिर देश कोभिड– १९ को महामारीबाट अझै समस्याग्रस्त छ भने अर्कोतिर आर्थिक अराजकता, धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचारको विगविगीले जनता आक्रान्त छन्। आम जनताको जनजीविकाका प्रश्नहरु उपेक्षित रहेका छन्। यो स्थितीको लागि राप्रपा वर्तमान सरकार र अन्य प्रमुख दलहरुबिच चलिरहेको अन्तहिन सत्तासंघर्ष तथा एक अर्कालाई तल्लोस्तरको आलोचना र लाञ्छना लगाउने प्रवृत्ति कारक ठान्दछ। देशका प्रमुख राजनैतिक दलहरु जनताको समस्याप्रति संवेदनशिल हुनुको सट्टा निरन्तर आपसी संघर्षमा रहनु दुर्भाग्यपूर्ण छ।

२. कोभिड– १९ को दोस्रो लहर र लकडाउनका कारण यसअघि स्थगित गरिएको पार्टीको एकता महाधिवेशन आगामी २०७८ साल कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा गरिने निर्णय गरिएको छ र सो अनुसारको तालिका परिमार्जनसहित बैठकले पारित गरेको छ। जसअनुसार–
क) वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने।
ख) सक्रिय सदस्यता वितरण– २०७८ भाद्र मसान्त सम्म।
ग) सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने– २०७८ असोज ७ गतेसम्म।
घ) प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन– २०७८ असोज २० गतेसम्म।
ङ) प्रदेश कार्य समितिको निर्वाचन– २०७८ असोज १५ गतेसम्म।

३. देशव्यापी रुपमा भएको अविरल वर्षाले ठूलो जनधनको क्षती भएको छ। जनता संकटमा छन्। संकटको यस्तो समयमा राहत–सहयोग समयमै उपलब्ध गराउन नेपाल सरकार समक्ष यो बैठक माग गर्दछ।

४. कोभिडको मारले जनता आक्रान्त छन्। पहिलो डोज खोप पाएका १४ लाख ज्येष्ठ नागरिकहरु दोस्रो डोज खोप नपाएर चिन्तित छन्। कोरोना संक्रमणको त्रास कायमै रहेको अवस्थामा यसले सृजना गरिरहेको र गर्न सक्ने समस्याहरुसँग जुझ्न सरकारको गम्भिरता, तदारुकता र इमानदारी नदेखिनु दुर्भाग्यपूर्ण छ। जनस्वास्थ्यको विषयमा गम्भिर बन्न राप्रपाको यो बैठक सरकारसँग जोडदार माग गर्दछ।

५. राप्रपाको आउँदो महाधिवेशन सफलताका साथ सम्पन्न गर्न यो बैठक पार्टीका नेता, कार्यकर्ता शुभचिन्तक एवं आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ। बैठकले ‘अगाडि बढ्छ राप्रपा’ भन्ने महाधिवेशनको मूल नारा तय गरेको छ।

६. कोरोना महामारी र बाढी पहिरोका कारण ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु, राप्रपाका नेता, कार्यकर्ताहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ। बाढी पहिरोबाट पिडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारसँग यो बैठक जोडदार माग गर्दछ। साथै बाढी पहिरोबाट पिडितको उद्धार, राहत र पुनस्र्थापना कार्यमा जिम्मेवारीका साथ संलग्न हुन पार्टीका देशभरीका सबै नेता, कार्यकर्तामा यो बैठक हार्दिक आह्वान गर्दछ।

 

प्रकाशित: Jul 03, 2021| 13:38 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।