शनिबार, भदौ ६, २०८३

पर्वत–युएई समाजको नयाँ नेतृत्वमा कमल

संस्थाको नेतृत्व लिएपछि नवनिर्वाचित अध्यक्ष कमल लामिछानेले नेपाल समय प्रतिनिधिसँग भने, ‘हामी प्रवासमा रहेका पर्वतेलीहरुले हाम्रा सुखदुखमा साथ दिने संस्थाको मूल मर्मलाई नै अघि बढाउने हो। मेरो कार्यकाल यसैमा गतिशिल हुनेछ।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

दुबई (यूएई)– पर्वत सेवा समाज, यूएईको पाँचौ अधिवेशनले समाजसेवामा क्रियाशील युवा कमल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। १८ असार शुक्रबारका दिन ‘जूम’ प्रविधिबाट भएको सो अधिवेशनमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि प्रत्याशीबीच निर्वाचन भएको थियो। 

दुई वर्षे नयाँ कार्यकालका लागि अध्यक्षमा लामिछानेसँग रुद्र सुवेदीले स्पर्धा गरेका थिए भने महासचिवमा निर्वाचित तिलक सापकोटासँग भीमलाल काफ्लेले उम्मेदवारी दिएका थिए। त्यसैगरी, कोषाध्यक्षमा नरेन सापकोटासँग भएको निर्वाचनमा विनोद पौडेल विजयी भए।

अधिवेशनले प्रथम उपाधक्ष्यमा पूर्ण भुसाल, उपाध्यक्षमा तिलक कुँवर, राजेन्द्र कार्की, किशन पुलामी मगर, सचिवमा ऋषिराम सुवेदी, सहसचिवमा खुम जिसी र सहकोषाध्यक्षमा सुरज केसीलाई निर्विरोध चयन गरेको छ। सदस्यहरुमा भने नारायण रेग्मी, शालिकराम रिजाल, तुलसी काफ्ले, ऋषिराम सुबेदी, जगदीश पौडेल, वेदप्रकाश तिमिल्सिना, नविन थापा क्षेत्री, पुरुषोत्तम रेग्मी, कृष्ण चपाईँ, सञ्जीव अधिकारी र प्रतिभा अधिकारी चयन भएका छन्।

संस्थाको नेतृत्व लिएपछि नवनिर्वाचित अध्यक्ष कमल लामिछानेले नेपाल समय प्रतिनिधिसँग भने, ‘हामी प्रवासमा रहेका पर्वतेलीहरूले हाम्रा सुखदुखमा साथ दिने संस्थाको मूल मर्मलाई नै अघि बढाउने हो। मेरो कार्यकाल यसैमा गतिशील हुनेछ। म अझै गतिशील भएर समाजसेवामा लाग्ने प्रण गर्दछु।’ 

सरोज जिसीको सभापतित्वमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि (अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, विशिष्ट अतिथि पर्वत सेवा समाजका संरक्षक मोहन शर्मा र विशिष्ट अतिथिका रूपमा एनआएनएका सल्लाहकार कुल आचार्य सहभागी थिए।
 

प्रकाशित: Jul 03, 2021| 12:59 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।