काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल पक्षका लागि दोबाटो सोमबारसम्म मात्र भएको चेतावनी दिएका छन्। सोमबार बेलुका ५ बजेपछि नेपाल पक्षका लागि त्यो दोबाटो सकिने भएकाले एक बाटो समात्नुपर्ने बताएका हुन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकमा निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका हुन्।
नेपाल पक्षले भने ओलीले दिएको उक्त अल्टिमेटमको कुनै तुक नभएको बताउँदै आएको छ।