शनिबार, भदौ ६, २०८३

एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ सम्म

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिएका हुन्। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा  ओली पक्षले साउन २५ गतेदेखि विधान महाधिवेन गर्न भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिएका हुन्। विधान महाधिवेन साउन २७ गतेसम्म चल्ने छ।

विधान महाधिवेशनको मोडालिटी तय गर्ने जिम्मा मुख्य नेताहरूलाई दिइएको बस्नेतको भनाइ छ।

अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मा दिइएको छ भने महासचिव ईश्वर पोखरेललाई सांगठनिक प्रतिवेदन पेस गर्ने जिम्मा दिइएको छ।

उपमहासचिव विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मेवारी दिइएको उनले जानकारी दिए। 

विधान संशोधन गर्ने, बाधा अड्काउ फुकाउने लगायतका काम विधान महाधिवेशनले गर्ने एमाले विधानमा व्यवस्था छ। पार्टीको राजनीतिक सिद्धान्त लगायत तय गर्ने पार्टीको यो अंग महत्त्वपूर्ण मानिन्छ।

प्रकाशित: Jul 03, 2021| 12:32 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।