काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षतर्फ संकेत गर्दै पार्टी सिध्याउन लागेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमालेक केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। यद्यपि उनले नेपालको नाम भने लिएनन्।
'सके एमाले पार्टीलाई सिध्याउने नसके फिर्ता आउने तयारी गर्दैछन् साथीहरूले। अर्को पार्टी जिताउन लागेकाहरु एमाले होइनन्। सही पनि एमाले मै पनि एमाले भन्ने मात्रै एमाले हुन्,' उनले भने।
बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले आगामी वर्ष वैशाखभरमा महाधिवेशन सक्ने गरी निर्णय गर्न प्रस्ताव पेस गरेका थिए। उनले पार्टीको सदस्यता नवीकरणका लागि असारभर मात्र समय रहेको बताएका थिए।
यस्तै ओली निकट मानिने केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्षका लागि २ कार्यकाल र पदाधिकारीका लागि तीन कार्यकाल भन्दा एउटै पदमा बस्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्।