शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले बैठकमा महेश बस्नेतले राखे यस्तो ८ बुँदे प्रस्ताव

एमाले बैठकमा महेश बस्नेतले राखे यस्तो ८ बुँदे प्रस्ताव

उनी केन्द्रीय कमिटी सदस्यका साथै युवा संगठनका ईन्चार्जसमेत हुन्। बस्नेत प्रधानमन्त्री एवं अध्यक्ष ओली निकट नेता मानिन्छन्।  
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले केन्द्रीय कमिटी बैठकमा ८ बुँदे प्रस्ताव राखेका  छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा बस्नेतले उक्त प्रस्ताव राखेका हुन्।

उनी केन्द्रीय कमिटी सदस्यका साथै युवा संगठनका ईन्चार्जसमेत हुन्। बस्नेत प्रधानमन्त्री एवं अध्यक्ष ओली निकट नेता मानिन्छन्।  

यस्तो छ बस्नेतको प्रस्ताव
१) संघीयताबारेमा समीक्षा गरौं।
२) मुलुकको विशिष्ट पहिचान घोषणा गरौं।
३) धर्मनिरपेक्षताको बारेमा बहस गरौं।
४) शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ।
५) दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौं।
६) पार्टी अध्यक्ष २ कार्यकाल र पदाधिकारीको ३ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरौं।
७) पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौँ।
८) पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यो विषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔँ।
 

प्रकाशित: Jul 03, 2021| 12:18 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।