शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राम्रो कम्पनीमा नपठाएको भन्दै ऐजेन्टको हत्या गर्ने पक्राउ

राम्रो कम्पनीमा नपठाएको भन्दै ऐजेन्टको हत्या गर्ने पक्राउ

वैदेशिक रोजगारीमा छोरालाई राम्रो कम्पनीमा नपठाएको भन्दै हत्या गर्ने व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

बुटवल- वैदेशिक रोजगारीमा छोरालाई राम्रो कम्पनीमा नपठाएको भन्दै हत्या गर्ने व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

२०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजेको समयमा कपिलबस्तुको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ वर्षीय पारस पुरीलाई तीन जनाको समूहले गोली हानेर हत्या गरेको थियो।

हत्या घटनाका मुख्य अभियुक्त भनिएका साविक गणेशपुर गाविस–१ (हाल विजयपुर गाउँपालिका –७) का ५० वर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गर्दा यो रहस्य फेला परेको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार हत्या गरिएका पारस पुरी युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए। हत्या अभियुक्त कुर्मीलले छोरालाई विदेश पठाउने भन्दै १ लाख १५ हजार रुपैयाँ दिई रोजगारीका लागि बहराइन पठाएका थिए। त्यहाँ पुगेपछि छोराले राम्रो कम्पनीमा काम र तलब नपाएको भन्दै पुरीसँग विदेश पठाउँदाको उक्त रकम पटकपटक फिर्ता मागेका थिए।

उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीले जनाएको छ। कुर्मीलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 03, 2021| 12:08 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।