शनिबार, भदौ ६, २०८३

पार्टीले अब कसैलाई पर्खेर बस्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको समूहलाई संकेत गर्दै पार्टीले अब कसैलाई पर्खेर नबस्ने बताएका छन्।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको समूहलाई संकेत गर्दै पार्टीले अब कसैलाई पर्खेर नबस्ने बताएका छन्।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी अब अगाडि बढिसकेको भन्दै वैचारिक र सांगठनिक क्रियाकलाप नरोकिने बताए।

उनले विपक्षी मोर्चाका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरू पार्टीको नेता नरहनेसमते उल्लेख गरे। उनले अहिलेसम्म नेपाल समूहलाई मौका दिएको र अझै मौका दिन तयार रहेको पनि स्पष्ट पारे।

‘हामी जेठ २ मा फर्केपछि आउनु पर्दैन? कारवाही फुकुवा गर्दा आउनुपर्दैन? जति गर्दा पनि मान्नुहुन्न।’ ओलीले बैठकमा भने, ‘अघि माधवजीसँग कुरो भयो। मलाई बैठक रोक्नुस् भन्नुभयो, मैले अदालतको हस्ताक्षर फिर्ता लिनुस् भनेँ। उहाँले अदालतको कुरोले के असर गर्छ र भन्नु भो।’

ओलीले एमालेलाई क्षतविक्षत बनाउने काम माधव नेपाल समूहले गरेको आरोप लगाए।
‘विपक्षी मोर्चा के कोभिड नियन्त्रण गर्न, बाढी पहिरो महामारी नियन्त्रण गर्न बनाएको हो र होइन नि त्यो त सरकारका सफलता देख्न नसकेर ढाल्नका लागि बनाएका हुन्।’ ओलीले भने, ‘यो प्रतिपक्षी मोर्चा त हाम्रो विरुद्धकै हो नि।’
ओलीले विपक्षी मोर्चा, अश्लील, छाडा र अमर्यादित रहेकोसमेत आरोप लगाए।

‘पुतला जलाउनेलाई हामीले बैठकका लागि पर्खिनु पर्ने, हामिसित वार्ता गर्ने भन्ने उता देशभर हाम्रोविरुद्ध मोर्चा बनाएर पुतला जलाउने। यति गर्दा पनि हामी लचिलो नै छौँ। ओलीले बैठकमा भने।

ओलीले आफ्नो सरकार ढालेर विपक्षी मोर्चा बनाउनेको हैसियत पार्टीमा के हुन्छ? भन्दै प्रश्न गरे। साथै उनले वामदेव गौतम उपाध्यक्षको हैसियतमा बैठकमा आएको भन्दै पार्टी २०७५ जेठ ३ पूर्वको अवस्थामा पुगिसकेको दाबी गरे।

प्रकाशित: Jul 03, 2021| 12:01 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।