काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले भन्दै आएको जेठ २ को शर्त स्वीकार्न नसकिने बताएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल समूहका शर्तहरु स्वीकार गर्न नसकिने बताए।
उनले एकता प्रक्रियाबाट पार्टीमा समावेश भएका नेताहरूलाई बाहिर राखेर कुनै खालले पार्टी अगाडि नबढ्ने बताए।
‘पार्टी एकतालाई कमजोर बनाउने र अस्तव्यस्त बनाउने काममा लागेका मानिसलाई जिम्मेवारी दिन सकिन्न’, उनले भने।
केन्द्रीय कमिटी सदस्यहरुले सदस्यता वितरणलगायत तल्लो तहमा देखिएको समस्याका बारेमा जानकारी गराएका थिए।