शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षको निष्कर्ष : ओलीको अल्टिमेटमको कुनै अर्थ छैन

नेपाल पक्षको निष्कर्ष : ओलीको अल्टिमेटमको कुनै अर्थ छैन

सांसद रामकुमारी झाँक्रीले पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिइन्। भेटमा नेता नेपालले अध्यक्ष केपी ओलीसित भएको टेलिफोन कुराकानीबारे सांसदहरुलाई जानकारी गराएका थिए।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट २३ सांसदसँग छलफल गरेका छन्। ओली पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि नेता नेपालले आफू निकट सांसदसित छलफल गरेका हुन्।

सांसद रामकुमारी झाँक्रीले पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिइन्। भेटमा नेता नेपालले अध्यक्ष केपी ओलीसित भएको टेलिफोन कुराकानीबारे सांसदहरुलाई जानकारी गराएका थिए।

सांसद झाँक्रीले अवैधानिक कमिटीको नाममा भएको बैठक र त्यसले दिएको अल्टिमेटमको कुनै अर्थ नराख्ने भन्दै आफूहरु पूर्ववत अडानमा प्रष्ट रहने निष्कर्ष निकालिएको बताइन्।

'अवैध कमिटीका रूपमा बसेको बैठकले दिएको निर्देशन मान्नु कुनै जरुरी छैन,' उनले भनिन्, 'हामी आफ्नो अडानमा यथावत् छौं। वैधानिक रूपमा एमालेकै जेठको २ को अवस्थाको बैठक बसे मात्रै सहमति हुन्छ।'

अध्यक्ष ओलीसँग भएको कुराकानीमा पनि नेता नेपालले अहिलेकै परिस्थितिमा एकता प्रक्रिया अघि नबढ्ने बताएका थिए।

प्रकाशित: Jul 03, 2021| 11:04 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।