शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशन नगराएर कलंक बोक्दिनँ, म हार्ने स्थिति आए पनि गराइछाड्छु : सभापति देउवा

महाधिवेशन नगराएर कलंक बोक्दिनँ, म हार्ने स्थिति आए पनि गराइछाड्छु : सभापति देउवा

देउवाले भदौ १६ देखि तोकिएको महाधिवेशन तयारीमा जुट्न नेताहरूलाई निर्देशन दिए। 'मेरो हार जित ठूलो कुरा होइन। म बरू हार्छु, तर महाधिवेशन गराउँछु,´ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए, 'मलाई महाधिवेशन नगराएको कलंक बोक्नु छैन।'
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जसरी भए पनि तोकिएकै समयमा १४औँ महाधिवेशन गराइ छाड्ने बताएका छन्। शनिबार देउवा निवास बुढानीलकण्ठमा उनी निकट पदाधिकारीहरूको भेलामा देउवाले महाधिवेशन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भदौ १६ देखि तोकिएको महाधिवेशन तयारीमा जुट्न भेलामा देउवाले नेताहरूलाई निर्देशन दिएका थिए। 'मेरो हार जित ठूलो कुरा होइन। म बरू हार्छु, तर महाधिवेशन गराउँछु,´ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए, 'मलाई महाधिवेशन नगराएको कलंक बोक्नु छैन।'

क्रियाशील सदस्यताको विषय सहमतिमै टुंग्याउने सहमति बनेपश्चात् सबैले महाधिवेशन तयारीको काममा धमाधम लाग्नुपर्ने उनको भनाइ थियो। 

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकलगायतका नेताहरू उपस्थित थिए।

देउवा दोस्रो कार्यकालका लागि सभापति हुने तयारीमा छन्। त्यसका लागि उनले तयारी तिव्र पारेका छन्।

प्रकाशित: Jul 03, 2021| 11:01 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।