शनिबार, भदौ ६, २०८३

ईश्वर पोखरेलको दाबी : जेठ ३ पूर्वकै अवस्थामा छौं

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिले एमाले २०७५ जेठ ३ पूर्वको अवस्थामा रहेको बताएका छन्।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिले एमाले २०७५ जेठ ३ पूर्वको अवस्थामा रहेको बताएका छन्।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको तपर्फबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव पोखरेलले अहिलेको बैठक जेठ ३ पूर्वकै केन्द्रीय कमिटीको बैठक भएको बताए। उनले अहिले पार्टी राजनीति निकै असहज र उतारचढावको अवस्थामा अघि बढेको बताए।

उनले अदालतको फैसला मानेर महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गरेको पनि बताए।

बैठकमा उनले भने, ‘हामीले आयोजक कमिटी गठन गरेपछि चारवटा बैठक गर्‍यौँ। आयोजक कमिटीलाई गैर कानुनी फैसलाले गर्ने काम भयो। अदालतको फैसला मानेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेका हौं।’

उनले आयोजक कमिटी बैठकपछि स्थायी र केन्द्रीय कमिटी बैठक बसेर अनतरपार्टी निर्देशन गरिएको पनि बताए।
महासचिव पोखरेलले ३० वैशाख २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरिसक्नु पर्ने बताए। उनले भने, ‘कानूनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ। किनभने मंसिरमा हुने चुनाव र फागुनमा हुने स्थानीय तहको निर्वाचन पनि भएकोले छिटो गरिसक्नुपर्छ।’

उनले सदस्यता नवीकरण गर्ने असार मसान्तभित्र समय तोकेको बताए। ‘साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ। विधान ससोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाइ सक्नुपर्नेछ।’

पार्टीको विधान महाधिवेशनका सन्दर्भमा विधानमा उल्लेख भएअनुसार अगाडि बढ्नुपर्ने महासचिव पोखरेलले बताए।

 

प्रकाशित: Jul 03, 2021| 10:30 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।