शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २०७९ वैशाख ३० भित्र महाधिवेशन सक्ने एमाले महासचिवको प्रस्ताव

२०७९ वैशाख ३० भित्र महाधिवेशन सक्ने एमाले महासचिवको प्रस्ताव

शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले यस्तो प्रस्ताव पेस गरेका हुन्। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी वर्ष वैशाखभित्र महाधिवेशन सक्ने गरी तयारी अघि बढाउन प्रस्ताव गरेका छन्।

शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले यस्तो प्रस्ताव पेस गरेका हुन्। 

'वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ। कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ। किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ,' उनले भने, 'त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ।'

उनले आयोजक कमिटी गठन गरी चार वटा बैठक गरेपनि अदालतको अमान्य भनेपछि विघटन गरिएको बताएका थिए। 

हाल चलिरहेको बैठकलाई उनले एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिकै हैसियतको भएको समेत दाबी गरेका थिए। 'केन्द्रीय कमिटी बैठक  जेठ २ मा जुन नेतृत्व थियो त्यसैको बैठक गर्दैछौँ,' उनको दाबी छ। 

पार्टी राजनीति असहज र उतारचढावबाट गुज्रिएको उनको भनाइ थियो। 

उनले पार्टीको सदस्यता नवीकरण गर्ने असार मसान्तको समयसीमा तोकिएको समेत बताए। 'साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ। विधान संसोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाई सक्नुपर्ने छ,' उनको भनाइ थियो। 
 

प्रकाशित: Jul 03, 2021| 10:24 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।