काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। नेता नेपाल पक्षले अवैध कमिटीले बोलाएको भन्दै बहिस्कार गरेको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको हो। बैठकमा महसचिव ईश्वर पोखरेलले पार्टीको सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन्।
नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपमान्तरण गर्दै हिजो (शुक्रबार) देखि केन्द्रीय कमिटीको बैठक बोलाएको हो। नेता नेपाल पक्ष हिजोको बैठकमा पनि सहभागी भएन।
शनिबार पनि बैठकअघि एमालेका दुवै समूहका दोस्रो तहका नेताहरुले सहमतिको प्रयास गरेका थिए। सहमतिका लागि ललितपुरस्थित समिट होटेलमा छलफल भए पनि कुनै सहमति निस्किन सकेन।
बैठकमा सहमति नजुटेपछि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच फोन संवाद भएको थियो। फोन संवादमा पनि कुनै सहमति नजुटेपछि नेपाल पक्ष बालुवाटार बैठकमा सहभागी भएन।