काठमाडौं- नेकपा एमालेका दोस्रो तहका नेताहरूको समिट होटेलमा भएको वार्ता निष्कर्षविहीन भएको छ। एमाले एकताका लागि वार्ता र संवाद गरेका नेताहरुबीच कुराकानी नमिलेपछि वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेन।
बैठकमा माधव पक्षले पूर्व माओवादीबाहेक एमालेकै केन्द्रीय कमिटी बोलाउनु पर्ने शर्त राखेका थिए। त्यसमा ओली पक्षका नेताहरुले पूर्व माओवादीबाहेककै कमिटी ब्युँताउन नसकिने प्रष्ट पारेका थिए। त्यसपछि बैठक निष्कर्षविहीन भएको हो।
एमाले माधव नेपाल पक्षीय वार्तामा सहभागी एक नेताले अब सहमति हुने सम्भावना क्षीण बनेको प्रतिक्रिया दिए। ‘संस्थापन पक्ष पार्टी एकताका लागि लचिलोभन्दा पनि एकलौटी रुपले हिँड्न खोजेको देखियो। एकताका लागि भन्दै जति प्रयास गरेपनि सम्भव होला जस्तो देखिएको छैन।’ ती नेताले भने।