काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन सवाद भएको छ।
ललितपुरस्थित समिट होटलमा वार्तामा रहेका नेता घनश्याम भुसाल बैठकस्थलबाट निस्केर कोटेश्वर पुगेर नेता नेपाल र ओलीबीच टेलीफोन संवाद गराएको वार्तामा सहभागी एक नेताले जानकारी दिए।
संवादमा ओलीले बैठकमा सहभागी हुन र बैठकमै आफ्नो कुरो राख्न अनुरोध गरेका छन्। जवाफमा नेता नेपालले भने सहमतिको आधारमा नै बैठक बोलाइनु पर्ने र सहमति हुनुपर्ने अडान राखेका छन्।
यसअघि बिहीबार पनि दुई नेताहरूबीच टेलीफोनमा कुराकानी भएको थियोे। नेपाल पक्षले बैठक स्थगित गरेर संवाद गर्न आग्रह गरे पनि ओली पक्षले भने बैठक स्थगित गरेको छैन्।
आज पनि समिटमा दोस्रो तहका नेताहरू छलफल गरिरहेका छन्। यता बालुवाटार एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बस्दैछ।