शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताहरू छलफलमा 

केन्द्रीय कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताहरू छलफलमा 

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बस्नुअघि नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बस्नुअघि नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।

ललितपुरको समिट होटेलमा एमालेको सस्थापन पक्षका नेता र असन्तुष्ट माधव झलनाथ पक्षका नेताहरू छलफल गरिरहेका छन्।

एकताबद्व बनाउन उनीहरुले निरन्तर छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन। नेपाल पक्षले शुक्रबार ओलीले निर्धारण गरेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरे पनि सस्थापन पक्षले बैठकलाई निरन्तरता दिएको हो। 

दोस्रो पक्षका नेताहरूले सहमतिका लागि गृहकार्य गरिरहेका छन्। ‘हामी सकेसम्म छलफल गरेर सहमति खोज्ने प्रयासमा छौं’, वार्तामा रहेका एक नेताले भने, ‘तर सहमतिको टुंगो लागेको छैन।’ पार्टी अध्यक्षले शुक्रबारको बैठकबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि थप सहमतिको वातावरण बिग्रेको ती नेताले बताए।

प्रकाशित: Jul 03, 2021| 09:01 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।