शनिबार, भदौ ६, २०८३

सूचकांकमा आधारित कृषि बिमाबारे छलफल

भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य (कोलार्प)ले सूचांकमा आधारित बाली बिमासम्बन्धी छलफल गरेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य (कोलार्प)ले सूचांकमा आधारित बाली बिमासम्बन्धी छलफल गरेको छ। कोलार्पले सरकारी तथा गैरसरकारी, निजी संस्था, किसान समूह संगठन र सरोकारवालासँग छलफल गरेको हो। 

छलफलमा सूचकांमा आधारित बाली बिमाबारे जानकारी गराइएको थियो। 

कोलार्पका कार्यकारी निर्देशक धनेज थापाले सूचकांकमा आधारित बाली क्षति निर्धारण गरी क्षतिपूर्ति प्रदान गर्दा ठूलादेखि साना किसान सबै लाभान्वित हुन सक्ने बताए।

‘नेपालमा विशेषतः परम्परागत क्षतिपूर्तिमा आधारित कृषि बीमा, जसले प्रमाणीकरण घाटामा  भुक्तानी गर्दै आइरहेको पाइन्छ। यसको उच्च लागत, प्रशासकिय झन्झट तथा  क्षतिपूर्ति  प्राप्त गर्न लाग्ने लामो समय जस्ता कारणले साना किसानहरूको प्रकोपसँग सम्बन्धित कृषि बिमामा उत्सुकता रहेको पाइँदैन,’ उनले भने, ‘प्रारम्भिक चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरी ‘बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा’ कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता÷पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गरिनेछ।’
 

प्रकाशित: Jul 02, 2021| 23:37 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।