शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरखामा पहिरोले दम्पतीको मृत्यु, धादिङमा ट्रक किचिँदा सहचालकको ज्यान गयो

गोरखामा पहिरोले दम्पतीको मृत्यु, धादिङमा ट्रक किचिँदा सहचालकको ज्यान गयो

गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा दम्पतीको मृत्यु भएको हो।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा दम्पतीको मृत्यु भएको हो।

शुक्रबार राति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र पत्नी नन्दकुमारी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका १० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

पहिरोमा पुरिएर अर्का एक जना घाइते भएका छन्। पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको छ।
 

प्रकाशित: Jul 03, 2021| 04:48 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।