सालचौताराको उकालो लाग्दा घाम आकाशतिर उक्लिसकेको थियो। घरबाट हिँड्दा भुम्जुडाँडाको चिरिएको टाउकोमा पुगेको थियो। सालचौताराबाट उकालो लाग्दा भने आकाशमा रहेका टुक्राटाक्री बादलमा तेर्सिन थालेको थियो। बैजनी रङमा आकाशमा टाँगिएको घामको किरण देखेर अनुहार नीलो बनाई मनसराले। हिँडिरहेको बाटोमा एकफेर हेरी।
घरबाट हिँडेपछि पहिलोपटक बाटोमा हेरेकी थिई। कदमडाँडा, पल्यांकु, ठूल्ढुंगा, जिम्बलको घर हुँदै सालचौतारा आइपुग्दा पहिलोपटक उसको आँखा बाटोमा परेको थियो। आँखा त थियो, तर दृष्टि थिएन त्यहाँ। सुस्त हावामा भुइँ टेक्न घुमिरहेको पातझैं बेसुर हिँडिरहेकी थिई।
तर, कता हिँडिरहेकी हो मनसरा?
झसंग भई। निधार खुम्चाई। खुम्चेको निधारमा हात राखेर सालचौताराको उकालो हेरी। छेवैको वनमाराघारीमा पिच्च थुकी। हत्केला हेरी, निधारको सप्तरंगी टीकाको रङ बसेछ हातमा। कम्मरमा लगेर पुछी हात। गुन्यूँमा झिलझिले रङ टाँसियो, उसले मतलब गरिन।
आधा निधार छेकेर सयपत्रीको माला उसको चुल्ठो घुमाएर टाउकोमा बसेको थियो। घरमा खुसेले मायाले लगाइदिएको माला उसलाई भारी लाग्यो। झिकेर वनमारालाई लगाइदिई। घाँटीमा पनि दुई थान सयपत्रीको माला थियो। ती माला पनि वनमारालाई लगाइदिन झिकी।
खै के सम्झेर हो, फेरि घाँटीमै अल्झाई।
उठेर सालचौताराको उकालो हिँडी। छ वर्षीय छोरा दौडेर अलि माथिको वरपीपलमा पुगिसकेछ। चार वर्षीया छोरी भने उसैलाई बाटोमा टुक्रुक्क बसेर कुरिरहेकी थिई। छोरीले हातमा रोटीको टुक्रा र चकलेट कसैले खोसिदिएला झैं गरेर पक्रिएकी थिई।
‘तँ औंसेलाई माथि मितबाकोमा दिएका सबै रोटी लैजा भन्दा मान्दैनस्! रोइराख्, भूतले खाएपछि थाहा पाउँछस्,’ त्यही ढुंगोमा माला र तीनवटा रोटी राखेर छोरीलाई टिपी। छोरो घुँडाले टेकेर झनै चिच्याएर रुन थाल्यो। हिँड्न थाली। छोरो गुन्यूँको फेर समाएर सल्लाघारी थर्कने गरी ‘मेरो रोटी.... रोटी’ भनिरह्यो।
पोइ र सौता अलि माथि पुगिसकेछन्। सौताले काखे छोरा बोकेकी थिई। पोइले सौताको डेढवर्षे छोरो बोकेका थिए। डेढ वर्षको बीचमा दुई छोरो जन्माइसकेकी थिई सौताले। उनीहरु गफ गर्दै उकालो चढिरहेका थिए। मनसराले हेर्दाहेर्दै वरपीपलको रूख कटेर सल्लाघारीभित्रको बाटोमा हराए दुवै।
श्रीमान् र सौता दुवैलाई ओझेल नपरुन्जेल हेरिरही। आँखा झिमिक्क पनि गरिन। भर्खरै वनमाराघारीमा पिसाब फेरेर आएकी मनसराले गुन्यूँ कसी। दाहिनेतिरको फेर पेटभित्र घुसारी। आकाशबाट घाम बिस्तारै ओझेल पर्दैै थियो। उसका आँखामा बादल पसिसकेको थियो। बाख्राका लागि हाडजोर घाँस काट्दा कोतरिएका उसका पाखुरा दुवै आँखा मिचेर दगुरे।
देब्रेतिर हँसिया अलि कसेर कम्मरमा घुसाई। छोरीलाई उठाई। टाङ फारिदिएर दाहिने कम्मरमा राखी र उकालो लागी। अलि माथि छोरा उसैलाई पर्खिरहेको रहेछ। मखमली, सयपत्री, गोदावरीको पाँचछ वटा मालाले पुरिएको ऊ खुसी देखिन्थ्यो। हातमा चुरा जसरी चारवटा सेलरोटी पनि बेरेर बोकेको थियो।
मनसरा नजिक आयो छोरो। छोरीलाई भुइँमा राखी। हातबाट रोटी निकालेर मनसरालाई दियो उसले। माला पनि घाँटीबाट झिकेर मनसराकै हातमा थमाइदियो।
‘म हगेर आउँछु, मेरो रोटी नखाइदिनु है,’ स्कुले रङको पाइन्ट समातेर वनमाराघारीमा हग्न दगुर्दै छोरोले भन्यो। मनसरा छोरोलाई हेरेर हाँसी।
वरको फेदमा थचक्क बसी मनसरा। रोटी र माला ढुंगामा राखी। वरतिर हेरी। वरको हाँगामा कसले हो, भर्खरै सयपत्रीको माला फालेर गएको रहेछ। त्यही मालालाई हेरिरही। माला हाँगामा फनफन घुमिरहेको थियो।
‘मेरो रोटी.....।’ झसंग भई। वरको हाँगाबाट आँखा ओराली। भुइँमा धुलोमा लडिबुडी गर्दै छोरो प्राण जाला जसरी रोइरहेको थियो। हगेर पनि आइसकेछ।
‘के भयो ?,’ छोरोलाई उठाउन खोज्दै भनी।
छोरो लडिबुडी गर्दै उठ्न मानेन। चोरी औंलाले घोचेर ‘मेरो रोटी...’ भन्दै रोइरह्यो।
छोरोको एउटा रोटी अघि नै छोरीले लिइछे। अलिकति चिथोरिसकेकी थिई। वाल्ल परी मनसरा। घरी रोटी चपाइरहेकी छोरीलाई हेरी, घरी भुइँमा चिच्याएर रोइरहेको छोरोलाई।
‘नानी, यो रोटी दाइको हो, दाइलाई दे।’ छोरीले ‘नाइँ’ भनी। खोसेर दिन खोजेकी थिई, छोरीको पालो रोई। कसलाई भुल्याउने, अलमलमा परी मनसरा। ‘ल भयो, माथि मितबाकोमा फूलटीका खाँदा मेरो सबै रोटी तैँ खा। रात पर्न लागिसक्यो, हिँड्।’
तर, छोरोले मानेन। भुइँमै लडेर रोइरह्यो। उसले माला दिई, लगाउन मानेन। रोटी दिई, लिन मानेन। ‘चारवटै चाहिन्छ’ भनेर रोइरह्यो।
‘तँ औंसेलाई माथि मितबाकोमा दिएका सबै रोटी लैजा भन्दा मान्दैनस्! रोइराख्, भूतले खाएपछि थाहा पाउँछस्,’ त्यही ढुंगोमा माला र तीनवटा रोटी राखेर छोरीलाई टिपी। छोरो घुँडाले टेकेर झनै चिच्याएर रुन थाल्यो। हिँड्न थाली। छोरो गुन्यूँको फेर समाएर सल्लाघारी थर्कने गरी ‘मेरो रोटी.... रोटी’ भनिरह्यो।
उसले छोरीलाई भुइँमा राखी। अलि पर गएर वनमाराको एउटा बोट भाँची। पातहरु हातले सुर्काएर झरी। मनसराले वनमाराको बोट भाँच्दा नै कहालिएर रोएको छोरो सिर्कना बोकेर आएपछि ‘बाबा...’ भनेर रुन थाल्यो।
एक सिर्कना छोराको पिँडौलामा हानी।
‘चुपो लागेर हिँन्छस् कि हिँन्दैनस्?’
‘हिँड्छु ममी।’
‘रुन्छस् कि रुँदैनस्?’
‘रुन्नँ ममी।’
‘उठ् !’
छोरो उठ्यो। आँखाभरि आँसु भएको आँखाले पिर्लकपिर्लक आमालाई हेर्यो। सिर्कनालाई हेर्यो। पाखुराले नाकको सिँगान स्याँ गरेर पुछ्यो। त्यही पाखुराले आँसु पनि पुछ्यो। मनसराले तीनवटा रोटी उठाएर दिई। उसले पहिलेजसरी हातमा चुरा बनाएर लगायो। माला घाँटीमा लगाइदिई।
‘तँलाई माथि मितबाको घरको सबै रोटी दिन्छु भनेकै छु त,’ छोरोलाई सम्झाई।
आमाको अँखामा पुलुक्क हेर्यो, ‘अनि त्यो सबै मलाई है त?’
‘ल ल। अब हिँड्।’
छोरोले दुईवटा माला घाँटीबाट झिक्यो। दाहिनेतिर र देब्रेतिर छड्के बनाएर लगायो। माला लगाउँदा झण्डै उसको रोटी भुइँमा झरेको। सग्ला रोटीलाई पुलुक्क हेर्यो। अघि बहिनीले तलबाटै खाँदै आएको टुक्रा रोटी ढुंगामै थियो। खुरर्र दगुरेर रोटी टिप्यो। खान थाल्यो।
मनसराले कम्मरको हँसिया झिकी। छोरो रोएको भुइँमा हँसियालाई दगुराउँदै भनी, ‘थु थु, सातो आइज।’
झमक्क हुन लगेको थियो। सल्लाघारी स्वाइँस्वाइँ कराइरहेको थियो। तल खनियाँखर्कतिर देउसीको मादल बजेको आवाज आउँथ्यो। देउसी सुरु हुन लागेछ, अनुमान गरी मनसराले। सौता र पोइ अगाडि गइसकेका थिए। ऊ छोरी च्यापेर, छोरोलाई डोर्याउँदै एकलासको सल्लाघारीभित्र छिरी।
‘बिस्तारै हिँड्, सल्लाको पातमा चिप्लिएर लड्लास्।’ उसले छोरोलाई सम्झाई।
अठ्ठाइस वर्ष मात्रै पुगी यस वर्षले मनसरा। तीस सालमा जन्मिएकी रे! एकाउन्न सालमा प्रेमविवाह गरेकी उसले। बाहुन्न सालमा त छोरो नै जन्माई। चौवन्न सालमा छोरी। घरपरिवार राम्रै चलेको थियो। घरकी जेठी बुहारी, जिम्मेवारी थियो, पूरा गरेकी थिई।
पोइ र सौताले जस्तो व्यवहार गरे पनि गाउँलेले मनसरालाई नै माया देखाउँथे। मनसराप्रति नै सहानुभूति राख्थे। अलिकति भए पनि मनसराको मनको घाउमा त्यस्तो व्यवहारले मल्हम लगाउँथ्यो। ‘के गर्नु र लै लै, पोइ अर्कैको भयो। नत्र सँगै आउँथें नि।’
एघार वर्षको उमेरमै परिवारले गाउँकै अर्कै मान्छेसँग विवाह गरिदिएका थिए उसको। तर, उसलाई केटा मन परेन। केटाको घरमा बसिन। माइतमै बसी। माइतमै ठूली भई। उन्नाइस वर्षको उमेरमा गाउँकै स्कुलमा पढाउने युवकसँग उसको प्रेम बस्यो। भागेर विवाह गरी।
सबै ठीकठाकै चलिरहेको थियो। ऊ घर हेर्थी, पोइ स्कुल पढाउँथ्यो। मनसरा खुसी थिई। तर, उसको खुसी छ वर्ष ज्यादा टिकेन। सन्ताउन्न सालमा पोइले सौता भित्राइदियो। त्यो पनि एक छोराको साथमा।
उसले के नै गर्न सक्थी र! सुरुमा झगडा गरी। तर, यथार्थबाट भागेर कहाँ जानु! यथार्थ तीतो थियो, स्वीकार्नुको विकल्प थिएन। उसले आफ्नै भाग्यमा खोट देखी। सानैमा परिवारले विवाह गरिदिएको, बस्न नमानेको, पछि माया बसेको, आफैंले विवाह गरेको। पोइले सौता भित्राइदिएको।
ऊ नजिकका साथीलाई जोडारेतिर घाँस जाँदा भन्थी, ‘आफ्नो पोइ खोस्नेलाई त को छोरीमान्छेले स्वीकार्छ र! कुन दिन माउवादीमा रिपोर्ट दिन्छु।’ गाउँमा माओवादीको चलपहल बढ्न थालेको थियो। दुई स्वास्नी ल्याउने, अन्याय गर्नेहरुलाई जनकारबाही थालेको थियो। त्यही देखेर ‘माउवादीलाई रिपोर्ट दिन्छु’ भन्थी। फेरि भन्थी, ‘ए नि लै लै, आफ्नै बूढालाई माउवादीले कुटेको कसरी हेर्नु!’
एकदुई पटक आफैं माउवादीमा लाग्नेबारे पनि सोची। घाँस काट्न जाँदा झण्डै छापामार हुन हिँडेकी पनि। तर, साना छोराछोरी जहिल्यै उसका घाँटीमा अड्कन्थे। हिँड्न खोज्दा बाटोमा अल्झन्थे छोराछोरी। उसको पाइला यत्तिकै रोकिन्थ्यो।
न उसले माओवादीलाई रिपोर्ट गर्न सकी, न छोराछोरीलाई छाड्न। सौतालाई कहिल्यै सीधा हेरिन। सौता आएपछि सबथोक बिग्रेको थियो। ऊ बिग्रेको जाल फेरि बुनिरहेको माकुराझैं थिई। जति बुन्यो, उत्ति भत्कन्थ्यो। घरमा जहिल्यै झगडा हुने। पोइ मनसरासँग बोल्यो कि सौताले रडाको मच्चाइहाल्थी। जहिल्यै कलहमा गुज्रिन थालेकी थिई।
रातभर झगडा गरेर बिहान घाँस जाँदा साथीहरूसँग भन्थी, ‘ए नि लै लै, आफ्नै पोइ खोस्ने सौताको अघि त के हार्नु? घर छाडेर गएँ भने हारेको ठहरिन्छ। छोराछोरी छन्। भाग्य सम्झेर कत्ति रुन मन लाग्छ। ए नि लै लै, सौताकै अघि त आँसु के देखाउनु?’ अनि गोगनको फेदमा बसेर क्वाँ क्वाँ रुन्थी। उसकी साथी संगीताले सम्झाउँथी। खाजाका लागि जाँडको फाक्चा बोकेर गएका हुन्थे। त्यही फाक्चा खाएर रुन साथ दिन्थी संगीता पनि।
‘आइया...।’
सल्लाघारी कट्न लागेकी थिई मनसरा। थचक्क बसी। छोरीलाई भुइँमा राखी।
उसको कुर्कुच्चा च्यातिएछ। हातले छामी। रगत आएको हो कि झैं लाग्यो। भित्री मासु निस्किएझैं लाग्यो। सल्लाको खोटो लगाएकी थिई फाटेको कुर्कुच्चामा। कुर्कुच्चा परपर फुटेका थिए।
घाउमा बिस्तारै औंला दगुराई। सल्लाको खोटो औंलामा टाँसियो, तर दुख्न कम भएन। थचक्क बसी।
‘अबुई ममी!’
छोरो दगुरेर आएर उसको काखमा बस्यो। छेवैमा रहेकी छोरी पनि चिल्लाई। उसको कुर्कुच्चाको दुखाइ हरायो। छोरो र छोरीलाई दुई हातले समाती। काखमा राखी।
‘के भयो, किन चिल्लाएको?’
‘उः त्याँ.... छत्राक् गरेर भुत दगुर्यो,’ छोरोले एकै सासमा सकायो।
मनसरा पनि डराई। ध्यान दिएर सुनी। सुनसान थियो।
‘यत्तिकै डराउँछौ तिमीहरु पनि। छेपारो हो त्यो।’
आफैं डराएकी उसले छोराछोरीलाई ढाडस दिई। कुर्कुच्चाको दुखाइ बिर्सिसकेकी। उसले छोरीलाई दाहिने हातमा बोकी र देब्रे हात छोरोलाई समाउन दिई। हतारहतार हिँडेर सल्लाघारी काटी।
पोइको मितको घर पुग्दा सौता र पोइले फूलटीका लाइसकेछन्।
ऊ छोराछोरी सम्हालेर घरभित्र छिरी। टाउको छोपी। मित र पोइ रक्सी पिएर गफ गरिरहेका थिए। सौता दुई बच्चालाई भुल्याइरहेकी थिई। उसले सौतालाई राम्रोसँग हेरिन पनि।
‘तपाईं त ढिला आउनुभयो नि। हामीले फूलटीका लाइसक्यौँ,’ खत्रिनी मितिनी बोली। पोइ र सौताले जस्तो व्यवहार गरे पनि गाउँलेले मनसरालाई नै माया देखाउँथे। मनसराप्रति नै सहानुभूति राख्थे। अलिकति भए पनि मनसराको मनको घाउमा त्यस्तो व्यवहारले मल्हम लगाउँथ्यो। ‘के गर्नु र लै लै, पोइ अर्कैको भयो। नत्र सँगै आउँथें नि।’
केही नसोची फ्याट्टै बोली। पछि पो झसंग भई। पोइलाई पुलुक्क हेरी। पोइले रिसाएको रातो आँखाले उसलाई हेर्यो। सौताले पनि पुलुक्क हेरी। मितले पनि हेर्यो। मितको बाउआमाले पनि हेरे। टीका लगाइदिन तयारी गरिरहेकी मितकी दिदीले पनि हेरिन्।
सबैले उसलाई पुलुक्क हेरे। ऊ अलमलमा परी। बोली त हाली। बोली फिर्ता लिन नमिल्ने !
मनसरा, छोराछोरीलाई मितिनी दिदीले टीका लगाइदिए। माला लगाइदिए। छोराले उसको सबै रोटी नीलो स्कुल ड्रेसको सटमा पोको पार्न थाल्यो।
‘ए बज्या, लुगामा नि रोटी पोको पार्छन्। पख्,’ मितको बा बोले।
आफ्नै बोलीले फेरि झस्किई। उसको सौताले ख्वाक्क खोकिन्। काखे बच्चा रोयो। बच्चालाई भुल्याउन आँगनमा निस्किई सौता।
‘अब हामी घर फिर्छौं मितज्यू।’
छोरो वाल्ल पर्यो। मनसरा लाजले घोप्टो परी। उसको पोइ झनै उतिर हेरेर रिसायो इज्जत गएको भावमा।
‘ए, प्लास्टिकको झोला दे दे,’ मितको बाले बजैलाई भनिन्।
बजैले प्लास्टिक ल्याइसकेपछि बाजेले प्लास्टिकमा सबै रोटी हालिदिए। छोरोको हातमा थमाइदिए। मनसराले पुलुक्क हेरी, छोरो मख्ख थियो। छोरो प्रसन्न भएको देखेर ऊ मुसुक्क हाँसी। पुलुक्क पोइतिर हेरी। पोइले फेरि रातो आँखा तर्यो। उसको मुस्कान ओठमै बेपत्ता भयो।
मितिनीले रक्सी खान कर गरिन्। मनसराले नखाने त भनेकी थिई, तर मितिनीको जिद्दीको अघि केही लागेन। सौतालाई त्यसरी अनुरोध नगरेको, आफूलाई मात्रै गरेकाले मनसराले मितिनीको अनुरोध टार्न सकिन। मनमनै खुसी थिई। सौतालाई मितिनीले एक शब्द पनि बोलाएकी थिइन ऊ गएपछि।
उनीहरु मितकै घरमा बस्न भनेर गएका थिए। मनसराले मितिनीसँग रक्सी खानुको कारण पनि यही थियो। निकै मातिसकेकी थिई। मातेकै सुरमा भनी्, ‘मितनीज्यू, अरुको पोइ खोसेर त सात जुनीसम्म पनि बाँच्न नपरोस्।’
आफ्नै बोलीले फेरि झस्किई। उसको सौताले ख्वाक्क खोकिन्। काखे बच्चा रोयो। बच्चालाई भुल्याउन आँगनमा निस्किई सौता।
‘अब हामी घर फिर्छौं मितज्यू।’
पोइको यस्तो बोली सुनेर मनसरा झस्किई। बिस्तारै पोइतिर हेरी। पोइको अनुहारमा रिस प्रस्टै देखिन्थ्यो। मनसरालाई थाहा थियो छ वर्षको सम्बन्धमा, पोइ रिसाउँदा उसले तल्लो ओठ माथिल्लो दाँतले चेप्थ्यो।
‘होइन मितज्यू, यतै बस्ने भनेर आउनुभएको। रातको साढे नौ बजिसक्यो, कहाँ जाने कुरा गर्नुहुन्छ?’ मित बोले।
‘आज मेरै घरबाट देउसी सुरु गर्ने भनेका छन् भाइबहिनीले। मैले त बिर्सेको रहेछु।’
पोइको जिद्दीअघि कसैको केही लागेन। उनीहरु घर जाने नै भए।
मनसरा मनमनै डराइसकेकी थिई। आज फेरि झगडा हुने भयो। तर, दर्जनौैं झगडा र पिटाइ झेलिसकेकाले उसलाई त्यति धेरै डर लागेन। अलिअलि त डराई, चाडको बेला झगडा भयो भने गाउँलेले नराम्रो मान्छन्।
जिम्बलको घरछेउमा आइपुग्दा अगाडि जिप लाइट बालेर पोइ र सौताले कुरिरहेको देखी मनसराले। सौता गनगन गरिरहेको पनि सुनी। तर, प्रस्टसँग सुनिन। अलि नजिक पुग्दा सौता रोइरहेकी सुनी, ‘अर्काको पोई खोसें रे। मैले तिमीलाई खोसेको हो?’
मितको बाले राँको बनाइदिए मनसरा र छोराछोरीका लागि। पोइ र सौताका लागि जिपलाइट टर्च छँदै थियो। जाने बेला मितबाको बाले घुर्यानको उखुको लाँक्रा काटेर मनसराको छोरोलाई दिए। मनसरालाई पनि दिए, ओरालोमा झर्न सजिलो हुन्छ, खान नि हुन्छ। मनसराले उखुको लाँक्रा छोरोलाई नै दिई। छोरो खुसीले दंग भयो।
सौता र पोई अघिअघि, मनसरा छोराछोरीसँग पछिपछि ओरालो लागे। अलि तल झरेपछि उनीहरु अलि अगाडि गए। साँझमा छोरो रोएको वरपीपल आइपुग्यो। तल सालचौतारा पनि झरे। तलतल गाउँमा देउसी खेलिरहेको आवाज आइरहेको थियो।
अलिअलि जाँड लागेको सुरमा ओरालो झर्दा मनसराले कुर्कुच्चा फुटेको पनि बिर्सिई।
जिम्बलको घरछेउमा आइपुग्दा अगाडि जिप लाइट बालेर पोइ र सौताले कुरिरहेको देखी मनसराले। सौता गनगन गरिरहेको पनि सुनी। तर, प्रस्टसँग सुनिन। अलि नजिक पुग्दा सौता रोइरहेकी सुनी, ‘अर्काको पोई खोसें रे। मैले तिमीलाई खोसेको हो?’
सौताले पोइलाई झपारिरहेकी थिई। नजिक पुगी। सौता झनै रुँदै कराउन थाली। पोइलाई झपारिरही, ‘मैले तिमीलाई कैले खोसें। तिमी आफैं मसँग आएको होइन?’
हातमा आधा सल्किसकेको राँको लिएर ठिंग उभिई मनसरा।
उसलाई पोइ र सौतासँग केही बोल्न मन लागेन। रोइरहेकी सौतालाई त्यहीं छाडेर अगाडि जान लागेकी थिई, पोइले रोक्यो, ‘ए पख्।’
पोइको चर्को आवाज मनसराको एक कानबाट छिरेर अर्को कानबाट बाहिरियो। पछाडि फर्किई। झर्किंदै भनी, ‘के भयो?’
‘के भयो? माथि मितको घरमा के बोलिस्?’ ‘के बोलें र? जे सत्य हो, त्यही बोलें’, मनसरा पनि कड्किई।
‘ए, जे सत्य हो, त्यही बोलें भन्दै पोइ जुरुक्क उठ्यो। हुर्रिएर आएर मनसरालाई एक लात भकुर्यो। मनसराको हातबाट राँको उछिट्टियो। भुइँभरि छरपस्ट भयो। मनसरा त्यहीं लडी।
छोरी उछिट्टिएर अलि पर पुगी। त्यही सास जाने गरी चिल्लाई। छोरो पनि चिल्लाउन थाल्यो। मित बाजेले दिएको दुवै लठ्ठीमा प्लास्टिकको झोला हालेर काँधमा बोकेर ल्याएको थियो छोरोले। रोटी र उखु भुइँमा फालेर चिल्लाउन थाल्यो ऊ।
लडेकी मनसरा उठी। पोइले भुइँको उखु टिपेर मनसराको पिँडौलामा बजार्न थाल्यो। दुवै उखुको लाँक्रा भाँच्चिएपछि कान्छी स्वास्नी नजिक गयो पोइ। कान्छी स्वास्नीले हातमा समातेको जिप लाइट टर्च लियो।
मनसरा फेरि उठेकी थिई। पोइ हुर्रिएर आएर उसको निधारमा जिप लाइट टर्च बजार्यो। मनसराको निधारबाट रगतको भल बग्न थाल्यो। फेरि अर्कोपटक नाकमा हिर्कायो। मनसरा भुइँमा लडी।
दोबाटोमा निक्कैबेर रोकिई। छोरी सुँक्कसुँक्क गरिरहेकी थिइन्। छोरा डरले ‘छिटो घर जाऊँ’ भनिरहेको थियो। मनसरा दोधारमा परी। लामो सास तानी। र, उदयपुर, कटारीतिर जाने बाटोतिर लागी।
छोराछोरी चिल्लाइरहेका थिए।
पोइले घाँटी थिच्न थालेपछि मनसरालाई सास फेर्न गाह्रो भयो। ख्याँ ख्याँ गरिन्। पोइले घाँटी थिचिरहेको थियो। मनसरालाई लाग्यो, पोइले अब मार्छ। उसले दाहिने हात भुइँतिर लगी। त्यहाँ एउटा ढुंगो भेटी। घाँटी थिचिरहेका पोइको आँखामा ढुंगो बजारी।
पोइ ‘आइया’ भनेर उत्तानो लड्यो। मनसरा भुइँबाट उठी। खुस्किसकेको गुन्यूँ मिलाई। हँसिया टिपी। कम्मरमा राखी।
रोइरहेकी छोरीतिर फर्कन मात्रै लागेकी थिई, पोइ मुक्का उठाएर मनसरालाई हान्न आयो। हतारमा मनसराले कम्मरको हँसिया निकाली। हँसियाको उल्टोतिरबाट पोइलाई हानी। हँसिया र पोइको हात ठोक्कियो। पोइ टुक्रुक्क भुइँमा बस्यो, ‘आइया, मेरो हात भाँचियो।’ दाहिने फर्किएर छोरीलाई उठाई। डरले थुरथुर काँमिरहेका छोरोलाई उठाई। छोरी च्यापेर, छोरो डोर्याएर घरतिर लागी।
तिहारको अँध्यारोमा बिस्तारै बाटो पहिल्याउँदै पल्यांकु पुगी मनसरा। पल्यांकुमा दुईवटा बाटा थिए। एउटा घर जान्थ्यो, अर्को उदयपुरको कटारीतिर।
दोबाटोमा निक्कैबेर रोकिई। छोरी सुँक्कसुँक्क गरिरहेकी थिइन्। छोरा डरले ‘छिटो घर जाऊँ’ भनिरहेको थियो। मनसरा दोधारमा परी। लामो सास तानी। र, उदयपुर, कटारीतिर जाने बाटोतिर लागी।