शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोसी ब्यारेजमा पानीको बहाव उच्च : २८ ढोका मात्रै खोलियो, नेपाली बस्ती डुब्ने जोखिम

कोसी ब्यारेजमा पानीको बहाव उच्च : २८ ढोका मात्रै खोलियो, नेपाली बस्ती डुब्ने जोखिम

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि आसपास क्षेत्रमा सतर्कता अपनाइएको छ।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि आसपास क्षेत्रमा सतर्कता अपनाइएको छ। सप्तकोसी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले केही दिनदेखि पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भएकाले पानीको बहाव उच्च भएको बताए। 

उनका अनुसार आज पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्युसेक पुगेको छ। बहाव यस वर्षकै उच्च भएको उनको भनाइ छ। 

यो नदीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। 

सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरी, सप्तरी र उदयपुरका वासिन्दा त्रासमा छन्। पानीको बहाव उच्च हुँदासमेत भारतले कोसी ब्यारेजका २८ वटा मात्रै ढोका खोलेको छ। ब्यारेजमा ५६ ढोका छन्। सबै ढोका नखोलेका कारण आसपासका वस्ती डुबानमा पर्ने जोखिम छ। 

कोसी ब्यारेज आसपास र डुबान भएका क्षेत्रमा सुरक्षाकर्मीहरु उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। 

प्रकाशित: Jul 03, 2021| 03:41 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।