सुर्खेत– पछिल्लो तीन दिनको अवधिमा सुर्खेतमा विभिन्न मुद्दाका तीन अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–२ का ४० वर्षीया भीमप्रसाद न्यौपाने, वीरेन्द्रनगर–४ कालागाउँका ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ३४ वर्षीय प्रदीप खड्का छन्।
न्यौपाने बेचबिखन तथा ओसारपसार, गिरी चेक अनादर र खड्का ज्यान मार्ने उद्योगमा दोषी प्रमाणित भएका व्यक्ति हुन्।
न्यौपानेलाई २०७६ पुस २ गते दोषी प्रमाणित भएका व्यक्ति थिए। उनलाई सर्वौच्च अदालतले ९ वर्ष दुई महिना १३ दिन कैद र २५ हजार जरिबाना तोकेको थियो।
गिरीलाई सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गते ४२ हजार ५०० जरिवाना तोकेको थियो।
त्यस्तै खड्कालाई सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गते पाँच वर्ष कैद सजाय तोकेको थियो। न्यौपानेलाई १६ गते, गिरीलाई १७ गते र खड्कालाई १८ गते पक्राउ गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए।
पक्राउ परेका तीन जनालाई प्रहरीले अदालतमा बुझाएर सम्बन्धित निकायमा बुझाएको छ।