शनिबार, भदौ ६, २०८३

अर्को सातादेखि चीनबाट भेरोसेलको थप डोज आउने

सरकारले कोभिडविरुद्धको खोप भेरोसेल खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- सरकारले कोभिडविरुद्धको खोप भेरोसेल खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। 

असार २४ गतेदेखि खोप ल्याउनेगरी सम्झौता गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप खरिदका लागि ननडिस्क्लोजर एग्रिमेन्ट गरिएको छ। कति डोज खोप कति मूल्यमा आउन लागेको भन्ने जानकारी मन्त्रालयले दिएको छैन। 

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि ननडिस्क्लोजर एग्रिमेन्ट गरेको हो। 

अब आउने खोप क–कसले पाउँछन् भन्ने निर्णय भइनसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। तर यस पटक पनि उमेर समूह र जोखिम क्षेत्रलाई आधार बनाएर खोप दिने तयारी भइरहेको परिवार कल्याण महाशाखाका प्रमुख झलक शर्मा गौतमले बताए। सरकारले यसअघि ६० बर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोपको प्राथमितामा राखेको थियो।
मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ।

हालसम्म २५ लाख ७४ हजार ३१५ जनाले खोपको पहिलो डोज प्राप्त गरेका छन् भने ७ लाख ५७ हजार ३८० जनाले दोस्रो डोज पाएका छन्।
 

प्रकाशित: Jul 02, 2021| 16:17 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।