काठमाडौं- विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्ल मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण भएका मल्लको २७ वर्षको उमेरमा मृत्यु भएको हो।
विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले पार्टीले एक वैचारिक योद्धा एवं कुशल संगठक गुमाएको भन्दै शोक व्यक्त गरेको छ।
कोरोना संक्रमण भए पनि घरमै रहेका मल्लको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि सुर्खेत लगिँदै थियो। स्थलमार्गबाट सुर्खेत लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको बताइएको छ।
२०७५ सालदेखि पार्टीमा संलग्न रहेका मल्लको सक्रियतामा मुगुका नगरपालिकादेखि वडा तहसम्म पार्टी कमिटी विस्तार भएको थियो। राजनीतिसँगै मल्ल व्यवसायमा पनि सक्रिय थिए।